चौरजहारी नगरपालिकामा नयाँ कर्मचारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम
चौरजहारी नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय अन्तर्गत नव नियुक्त तथा सरुवा भई आएका कर्मचारीहरूको सम्मानमा आज एक स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमकाे बारेमा जानकारी दिँदै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगर सेवामा नयाँ ऊर्जा थपिएको बताए। स्वागत प्राप्त गर्नेहरूमा शहीदस्मृति नगर अस्पतालका नव नियुक्त मेडिकल अधिकृत डा. दिनेश शाह, जनस्वास्थ्य अधिकृत भीमबहादुर कुमाल तथा कुमाख गाउँपालिका सल्यानबाट सरुवा भएर आएका असिस्टेन्ट सब–इन्जिनियर गोविन्द भण्डारी रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पुष्प वादीले तीन जना नयाँ सदस्य थपिएसँगै सेवाग्राहीले अझै प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे। उनले “नगरपालिका …
रुकुम पश्चिमबाट गम्भीर स्वास्थ्य समस्या—तिलसरा ओलीलाई सहयोग को अपिल
रुकुम पश्चिम, सानिभेरी गाउँपालिका–८ तल्लो आम्डाडाकी तिलसरा ओली विगत तीन महिनादेखि अस्पतालको आईसीयूमा जीवन-मरणको संघर्षमा हुनुहुन्छ।
फोक्सोमा निमोनिया भई पानी जमेको गम्भीर कारणले उहाँलाई झन्डै दुई महिना नेपालगञ्ज मेडिकल कलेजको आईसीयूमा राखी उपचार गरिएपछि हाल काठमाडौँको बिर अस्पतालमा थप उपचार जारी छ। चिकित्सकले फोक्सोको अपरेशन अनिवार्य रहेको बताएपछि उपचार खर्च अत्यधिक बढेको परिवारले जनाएको छ।
आर्थिक अवस्था कमजोर भएकाले तिलसरा ओलीका छोरा कमल ओलीले सबै सहयोगी मनहरूसँग आमाको ज्यान बचाउन साना–ठूला सबै किसिमका सहयोगको आग्रह गरेका छन्।
“तपाईंहरूको सानो सहयोगले पनि मेरी आमालाई नयाँ जीवन दिन सकिन्छ,” कमलले भावुक हुँदै अनुरोध गरेका छन्।
लक्षित …
