रुकुम पश्चिम । गोपाल खडका

नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको आयोजनामा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार आउँदो मंसिर २१ गते आइतबार नगरपालिकाको सभा हलमा दिउँसो १२ बजेदेखि अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रतिनिधिहरूले सहजीकरण गर्नेछन्।

कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, शाखा/उपशाखा/इकाइ तथा फाँट प्रमुखहरू, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरू, साथै स्थानीय तथा संघीय–प्रादेशिक सरकारी कार्यालयका प्रमुखहरू सहभागी हुने जनाइएको छ। साथै स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट मंसिर १५ गते प्राप्त पत्रअनुसार सुशासन, पारदर्शिता, जवाफदेहिताजस्ता मुख्य विषयका साथै योजना चुहावट र भ्रष्टाचार नियन्त्रणसम्बन्धी मुद्दाहरूमा केन्द्रित रहेर अन्तरक्रिया सञ्चालन गरिने बताइएको छ।