रुकुम पश्चिम, सानिभेरी गाउँपालिका–८ तल्लो आम्डाडाकी तिलसरा ओली विगत तीन महिनादेखि अस्पतालको आईसीयूमा जीवन-मरणको संघर्षमा हुनुहुन्छ।

फोक्सोमा निमोनिया भई पानी जमेको गम्भीर कारणले उहाँलाई झन्डै दुई महिना नेपालगञ्ज मेडिकल कलेजको आईसीयूमा राखी उपचार गरिएपछि हाल काठमाडौँको बिर अस्पतालमा थप उपचार जारी छ। चिकित्सकले फोक्सोको अपरेशन अनिवार्य रहेको बताएपछि उपचार खर्च अत्यधिक बढेको परिवारले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएकाले तिलसरा ओलीका छोरा कमल ओलीले सबै सहयोगी मनहरूसँग आमाको ज्यान बचाउन साना–ठूला सबै किसिमका सहयोगको आग्रह गरेका छन्।

“तपाईंहरूको सानो सहयोगले पनि मेरी आमालाई नयाँ जीवन दिन सकिन्छ,” कमलले भावुक हुँदै अनुरोध गरेका छन्।

लक्षित सहयोग रकम उक्त स्क्यानमा उल्लेखित खातामा पठाई साथ दिनुको लागि अनुरोध गरिएको छ।

अहिले तिलसरा ओलीको स्वास्थ्य जटिल अवस्थामा रहेको र तुरुन्तै शल्यक्रिया आवश्यक भएकाले समयमै प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण हुने परिवारले बताएको छ।

सहयोग को लागी

नाम: KAMAL OLI
Bank: Laxmi Sunrise (Sunrise Savings)
Account Number: 0770587318205001