नेपालमा राजनीतिक अस्थिरता र विकास
रमेश खड्का
फोकल पर्सन, विपद् शाखा
सानीभेरी गाउँपालिका, रुकुम पश्चिम
राज्य विकासको मूल आधार राजनीतिक स्थिरता, संस्थागत निरन्तरता र प्रभावकारी नेतृत्व हो। नेपालले प्रजातान्त्रिक अभ्यासको यात्रा थालेको करिब सात दशक बितिसक्दा पनि अपेक्षित सामाजिक–आर्थिक रूपान्तरण हासिल गर्न नसक्नु गम्भीर राष्ट्रिय प्रश्न बनेको छ। वि.सं. २०४६ साल यता मात्र ३५ वर्षको अवधिमा ३० वटा संघीय सरकार फेरिएका छन्। संघीयता पश्चात् बनेका प्रदेश सरकारहरूलाई यसमा जोड्ने हो भने अस्थिरताको चित्र झनै गहिरो देखिन्छ।
यस सन्दर्भमा केही प्रश्नहरू स्वाभाविक रूपमा उठ्छन्— के वर्तमान जनआक्रोश यही राजनीतिक अस्थिरताको शृङ्खलागत उपज हो? के राजनीतिक अस्थिरताले नै विकासलाई अवरुद्ध गरिरहेको …
सानिभेरी–५ हाँसुमा भव्य कोटखाली खेलमैदान सम्पन्न, मेला–महोत्सव र खेलकुदका लागि ऐतिहासिक उपलब्धि
रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–५, हाँसुमा निर्माण हुँदै आएको कोटखाली खेलमैदान अब पूर्ण रूपमा सम्पन्न भएको छ। ८० मिटर लम्बाइ र ३० मिटर चौडाइमा फैलिएको यो मैदान सानिभेरीको इतिहासमै पहिलो पटक व्यवस्थित रूपमा निर्माण भएको आधुनिक खेल संरचना मानिएको छ।
सयौँ वर्षदेखिको परम्परा बोकेको कोटखाली मेला यसअघि खेलमैदानको अभावमा श्री बालहित आधारभूत विद्यालय परिसरमै गर्नुपर्थ्यो। डिग्रे पूर्णिमामा लाग्ने यो मेला सानिभेरीको सांस्कृतिक पहिचान मात्र होइन, भलिबल प्रतियोगिताका कारण युवाहरूको आकर्षणको केन्द्र पनि बन्दै आएको छ। यस वर्ष मेलाले भलिबल प्रतियोगितामा पहिलो पुरस्कार ८० हजार रुपैयाँ राखेर नयाँ ऊर्जा भरेको थियो।
देश-विदेशमा रहेका युवाको …
जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा अटो दुर्घटना, २ बालकसहित ७ जना घाइते
जाजरकोटको नलगाड नगरपालिका–८ बगारमा आज भएको अटो दुर्घटनामा २ बालकसहित ७ जना घाइते भएका छन्।
गोतामकोटबाट बगारतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई दुर्घटना भएको ललित चन्दले जानकारी दिनुभयो।
घाइते सबैजनाको आठाबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार अधिकांशको अवस्था सामान्य रहे पनि केहीको अवस्था भने मध्यम रहेको बताइएको छ।
दुर्घटनाको कारण तीव्र गति तथा सडकको भौगोलिक चुनौती रहेको अनुमान गरिएको छ।
स्थानीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
अख्तियारको आयोजनामा चौरजहारीमा सुशासन प्रवर्द्धन अन्तरक्रिया हुने
रुकुम पश्चिम । गोपाल खडका
नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतको आयोजनामा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार आउँदो मंसिर २१ गते आइतबार नगरपालिकाको सभा हलमा दिउँसो १२ बजेदेखि अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका प्रतिनिधिहरूले सहजीकरण गर्नेछन्।
कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, शाखा/उपशाखा/इकाइ तथा फाँट प्रमुखहरू, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरू, स्थानीय गैरसरकारी संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरू, वन तथा खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरू, साथै स्थानीय तथा संघीय–प्रादेशिक सरकारी कार्यालयका प्रमुखहरू सहभागी हुने जनाइएको …
रवि लामिछानेमाथि सहानुभूति स्वार्थपूर्ण : पत्रकार कमल सरगम
काठमाडौं — पत्रकार कमल सरगमले नेकपा (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई जेल हालिएको विषयमा देखिएको सहानुभूति ‘स्वार्थपूर्ण’ भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले हिजो जेल जानु परेका बेला चुप लाग्नेहरू आज अन्याय भएको भन्दै उफ्रिनु नाटक मात्रै भएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “यदि उनीमाथि अन्याय भएको थियो भने त्यतिबेलै आवाज उठाउनुपर्ने थियो। निर्वाचन नजिकिँदै गर्दा मात्र रविलाई आवश्यक परेको देखिन्छ।”
सरगमका अनुसार अहिले रवि लामिछानेलाई भेट्न जेल पुगेका धेरैजना नेताहरूको उद्देश्य निर्वाचनमा फाइदा उठाउनु मात्रै हो। “सबैलाई आफ्नो पार्टी ठूलो बनाउनु छ, चुनाव जित्नु छ त्यसका लागि रवि …
ने.क.पा.द्वारा सुर्खेतमा सन्देश सभा, शीर्ष नेताको सम्बोधन
सुर्खेत — नेपाली कम्युनिष्ट पार्टीद्वारा मंसिर २७ गते सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरमा “पार्टी एकता सन्देश सभा” आयोजना हुने भएको छ। कर्णालीका आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
उक्त कार्यक्रममा पार्टीका संयोजक प्रचण्ड (पुष्पकमल दाहाल) तथा सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, पार्टीका अन्य शीर्ष नेताहरूको समेत उपस्थिति रहनेछ।
कर्णाली प्रदेश संयोजक बिमला केसीले सन्देश सभालाई सफल बनाउन आवश्यक तयारी तीव्र गतिमा भइरहेको जानकारी दिएकी छन्।
रुकुम पुर्ब घाईते बालकको सैनिक हेलिकोप्टरमार्फत ‘रेस्क्यु’,
रुकुम पूर्व — जिल्लाको सिस्ने गाउँपालिका–३ पोखरागाउँका ७ वर्षीय प्रतुस केसीको जीवन रक्षा गर्न नेपाली सेनाको हेलिकोप्टरसम्म उडान भरिएको छ। बिहीबार दिउँसो आफ्नै घरको बार्दली (भ¥याङ) नजिक खेलिरहेको बेला अचानक चिप्लिएर करिब सात फिट उचाइबाट खसेपछि प्रतुस गम्भीर घाईते भएका थिए।
खस्दा उनको दाहिने खुट्टाको घुँडामाथि रहेको हड्डी भाँचिएको र शरीरका अन्य भागमा समेत चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। प्रारम्भिक उपचारका लागि स्थानीयले उनलाई तत्काल जिल्ला अस्पताल रुकुमकोट पुर्याएका थिए।
डाक्टरहरूको टोलीले आवश्यक आपतकालीन उपचार गरे पनि थप विशेषज्ञ सेवा आवश्यक देखिएपछि उनलाई छिटोभन्दा छिटो नेपालगञ्जस्थित सुविधासम्पन्न अस्पतालमा …
