प्रहरी चौकी गोठिज्युला जुम्लाको स्थापना भएको १४ बर्षपछि आफ्नै भवन बनेको छ । स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गरेपछि प्रहरीको आन्तरिक स्रोतबाट सुविधा सम्पन्न प्रहरी चौकीको भवन बनेको हो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठले रिबन काटेर भवनको उद्घाटन गरेका हुन । प्रहरी नायब उपरीक्षक श्रेष्ठले निर्धक्क भएर जनताको जीउधनको सुरक्षामा लाग्न निर्देशन दिए । प्रहरी चौकी गोठिज्युला २०६८ सालमा स्थापना भएको थियो । १४ बर्षसम्म यो प्रहरी चौकी भाडाको घरमा थियो ।
कुल ४ करोड १० लाख ३६ हजार रुपैयाँको लागतमा प्रहरी चौकीको भवन निर्माण भएको हो । हिरासत सहितको तीन तले पक्की भवन बनेको हो । साउन महिना देखि प्रहरीले नयाँ भवनबाट नै सेवा दिइरहेको थियो ।
अहिलेसम्म बनेका मध्ये सबैभन्दा सुविधा सम्पन्न र गुणस्तरीय भवन प्रहरीचौकी गोठिज्युलाको बनेको डिएसपी रेग्मीले बताउनुभयो ।
