रुकुम पश्चिम / गोपाल खड्का
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कृषि मेला तथा प्रदर्शनी आयोजना हुने भएको छ। चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार नगरपालिका स्तरिय “कृषि मेला प्रदर्शनी–२०८२” संचालन गर्न लागिएको हो।
नगरपालिका भित्र उत्पादन हुने कृषि उपजहरूको प्रदर्शनमार्फत उत्कृष्ट कृषि उत्पादन गर्ने कृषकलाई पुरस्कृत र सम्मान गरिने कार्यक्रम रहेको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभएको छ।
मेला मंसिर २६ गते चौरजहारी नगरपालिका–११, बसपार्क टाटा स्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रको भवनमा आयोजना हुने जनाइएको छ।
प्रदर्शनीमा राख्न मिल्ने बाली
कृषकहरूले कम्तीमा १ के.जी. उपज पारदर्शी प्लास्टिकमा प्याकेजिङ गरी वा बोट/हाँगा सहित निम्न समूहका उपज प्रदर्शनी गर्न सक्नेछन्–
- खाद्यान्न बाली: धान, मकै, गहुँ
- तरकारी बाली: काउली, बन्दा, टमाटर, खुर्सानी, प्याज, मौसमी/बेमौसमी
- फलफूल बाली: सुन्तला, कागती, मौसम, किवी, केरा, भुईँकटहर, अमिलो आदि बोट वा हाँगा सहित
- मसला बाली: अदुवा, बेसार, अलैंची, कफी, उखु
- दलहन/तेलहन बाली: सिमी, बोडी, भटमास, तिल, तोरी, रायो, मूला
- विविध बाली: मौरी चाका सहित, च्याउ डल्लासहित, चिनो, कोदो, कागुनो, लट्टे, फापर, तरूल, सखरखण्ड आदि
पुरस्कार
नगरपालिकाले उत्कृष्ट हुने कृषकलाई निम्नानुसार पुरस्कार वितरण गर्नेछः
- प्रथम: नगद रु ३,००० + प्रमाणपत्र
- द्वितीय: नगद रु २,००० + प्रमाणपत्र
- तृतीय: नगद रु १,००० + प्रमाणपत्र
- सान्त्वना: नगद रु ७०० + प्रमाणपत्र
नगर प्रमुख पुष्प वादीका अनुसार कृषकलाई प्रोत्साहन र कृषि उत्पादन प्रवर्द्धन लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।
अधिक जानकारीका लागि सम्पर्कः
- विमल खड्का – ९८५७८२४२१३
- प्रकाश डाँगी – ९८५७८५६९२४
- किरण कुमार सिंह – ९८६०४२४२९९
