टोकियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय सदस्य तथा प्रवास विभाग उप–प्रमुख अर्जुन अधिकारीज्यूको प्रमुख आतिथ्यमा प्रवास नेपाली सम्पर्क समिति जापानको प्रथम ऐतिहासिक अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । प्रवासमा रहेका नेपालीहरूको अधिकार, हकहित र समस्याहरू सम्बोधन गर्दै संस्थालाई अझ सशक्त बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ ।

उक्त अधिवेशनले हालसम्म समितिलाई सफलतापूर्वक अगाडि बढाउँदै आएका दिलेन्द्र प्रसाद जोशीलाई धन्यवाद तथा सम्मान व्यक्त गर्दै नयाँ कार्यसमितिको गठन गरेको हो।

नव–निर्वाचित पदाधिकारीहरू

  • प्रमुख — श्री दीपक के.सी.
  • उप–प्रमुख — श्री भोजेन्द्र सुबेदी
  • उप–प्रमुख — श्री सुरेश के.सी.
  • सचिव — श्री कबिकिरण न्यौपाने
  • सह–सचिव — श्री फनिन्द्र सुबेदी
  • कोषाध्यक्ष — श्री कृष्ण गौतम
  • सह–कोषाध्यक्ष — श्री चतुर्भुज सापकोटा

सदस्यहरू —

• प्रकाश खतीवडा

• यम प्रसाद भूसाल

• रूपेन्द्र वली

• श्रीकान्त घिमिरे

• भेषराज गौतम

• सरोज पौडेल

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नयाँ नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकसाथ ल्याई पहिचान, अधिकार र हितका मुद्दाहरू प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा वक्ताहरूले संगठनलाई संस्थागत, सक्षम र सुदृढ बनाउँदै आगामी दिनहरूमा थप परिणाममुखी कार्य गर्न सुझाब तथा शुभकामना व्यक्त गरेका थिए।

समितिले जापानभर रहेका नेपालीहरूबीच आपसी सहकार्य र एकता सुदृढ गर्दै देश–विदेशमा नेपालीको पहिचान झल्किने गतिविधिहरू निरन्तर गर्ने घोषणा गरेको छ।